Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

लमजुङको मर्स्याङ्दी गाउँपालिका आफ्नै भवनमा

लमजुङको मर्स्याङ्दी गाउँपालिका आफ्नै भवनमा

images

इच्छाकामना न्युज

२९, माघ २०८१
लमजुङको मर्स्याङ्दी गाउँपालिका आफ्नै भवनमा
images

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । गाउँपालिका स्थापना भएको ७ वर्षपछि पालिकाले आफ्नै भवनबाट काम थालेको हो । ठेक्का सम्झौता अनुसार २ वर्षमा सक्नुपर्ने भवन निर्माण कार्य ५ महिना अगावै सकिएपछि समयमै पालिकाले नयाँ भवनको प्रयोग गर्न पाएको हो ।

पहिलो तल्ला अपाङ्गमैत्री रहेको नवनिर्मित भवनका तीन तलामा २७ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् ।

पालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार यसअघि साविकको भुलभुले गाविसको भवनमा कार्यालय, पञ्चविचार प्राविको भवनमा वडा कार्यालय र खुदी बजारमा केही शाखा सञ्चालनमा थिए । प्रशासकीय भवन निर्माणपछि सवै शाखाहरु एउटै भवनमा सारिएको उनले बताए । ‘शाखाहरू छरिएर रहँदा नागरिक र कर्मचारीलाई दुवैलाई समस्या थियो । अब राहत हुने भयो,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागतमा ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँ १० पैसामा भवन निर्माण गरेको बताए ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:४२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology