Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोकप्रिय गायक पृथ्वी गुरुङको नयाँ चुड्का बाजारमा (भिडियो सहित )

लोकप्रिय गायक पृथ्वी गुरुङको नयाँ चुड्का बाजारमा (भिडियो सहित )

इच्छाकामना न्युज

२९, माघ २०८१
लोकप्रिय गायक पृथ्वी गुरुङको नयाँ चुड्का बाजारमा (भिडियो सहित )
images

गोरखा – चुड्का गीतको हस्ति पृथ्वि गुरुङको नयाँ चुड्का गीत फूलको बासना बजारमा आएको छ । गीतमा स्वर पृथ्वी गुरुङ र पुनम गुरुङको रहेको छ । त्यस्तै गीतमा शब्द सङ्कलन समेत स्वयम गुरुङकै रहेको छ । गीतको परिवेश, कथा र विषय भने सिरान्चोक गाउँपालिका माथिल्लो पामलाई आधार बनाएर निर्माण गरिएको छ । गीतको सुटिङ समेत माथिल्लो पाम क्षेत्रमानै गरेको गायक गुरुङले इच्छाकामना न्युजलाई बताए । 

images
images

गोरखामा जन्मिएर लामो समयदेखि गीत सङ्गितलाई आफ्नो कर्म बनाउँदै आएका गुरुङले झण्डै १ दर्जन जति गीतमा आफ्नो स्वर पस्किसकेका छन् । गायक गुरुङ चुड्का गाउन माहिर छन् । उनलाई चुड्का क्षेत्रको हस्तिनै मानिन्छ । त्यसको अलबा गुरुङले सालैजो सलैजो, दोहोरी, झ्याउरे र गुरुङ फ्लिम समेत आफ्नो स्वर दिइसकेका छन् । गुरुङले देशविदेशको थुप्रै साङ्गेतिक यात्रा समेत गरिसकेका छन् । केही महिना अघि मात्र गुरुङले दोस्रो पटक युकेको साङ्गेतिक भ्रमण सकेर नेपाल फर्किएका हुन् । 

Video Link

https://www.youtube.com/watch?v=t5k0ec10AvA

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १९:०८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology