Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा

images

इच्छाकामना न्युज

२५, माघ २०८१
कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा
images

कुरिनटार। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन,मुग्लिन–नौविसे सडक खण्ड र आसपासका क्षेत्रमा हुने विपद्जन्य घटनाबारे नागरिकबाट तत्काल सुरक्षाकर्मीले जानकारी प्राप्त गर्नका लागि सूचना  प्रविधि जडान गरिएको हो ।  
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सुचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार स्मार्ट मोवाइल भएका कुनै पनि नागरिकले यो प्रविधिको प्रयोगबाट सेवा लिन सकिने छ। जसका लागि  आफ्नो मोवाइलमा लुना जिपिएस  नामक एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

एप डाउनलोडपछि इन्टरनेट विना पनि घटनास्थलबाट  सहयोग म्यासेज पठाउन सकिने छ । सहयोगको अपिलसहित म्यासेज पठाएपछि तत्काल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जडान गरिएको डिभाइसमा लोकेसनसहित म्यासेज आउने र साइरन बज्ने छ ।

शिक्षालयबाट तत्काल उद्धारको टोली खटाइने छ ।  सहयोग चाहिएको व्यक्तिको नाम, सेवाको प्रकार, फोन नम्बर र व्यक्तिको लोकेसन विपद् व्यवस्थापन तालिम केन्द्रमा रहेको लुना आपतकालीन सूचना प्रविधिको स्क्रिनमा देखाउँछ ।
यस प्रविधिबाट छिटो सुचना प्राप्त हुदाँ विपद्का घटनाबाट हुने थप क्षतीको न्यूनिकरण गर्न सकिने सुचना अधिकारी पुरीको भनाई छ ।

सुचना अधिकारी पुरीले भन्नुभयो,‘विपद्का घटनाबारे कुनै पनि नागरिकले तत्काल लुना एप मार्फत यस शिक्षालमा सहयोग अपिलसहित म्यासेज गर्न सकिने छ ,जसले गर्दा तत्काल उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा चाँडो पुग्न सकिन्छ र सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्छ ।’ 

images
प्रकाशित मिति :माघ २५, २०८१ शुक्रवार - १४:४९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology