Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कालिका माध्यमिक विद्यालय देवघाटको ४६ औँ वार्षिकोत्सव सम्पन्न 

कालिका माध्यमिक विद्यालय देवघाटको ४६ औँ वार्षिकोत्सव सम्पन्न 

इच्छाकामना न्युज

१०, माघ २०८१
कालिका माध्यमिक विद्यालय देवघाटको ४६ औँ वार्षिकोत्सव सम्पन्न 
images
देवघाट, माघ १० । देवघाट गाउँपालिका वडा नम्बर-५ क्युदी स्थित रहेको श्री कालिका माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव बिहिवार सम्पन्न भएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।
सो कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवर र देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेको विशिष्ट आतिथ्यतामा भएको थियोे । साथै कार्यक्रममा वार्षिकोत्सको अवसरमा विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियोे, भने कार्यक्रममा वडा-५ का सदस्यहरू,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक संघका पदाधिकारी,सल्लाहकार समितिका पदाधिकारी,शिक्षक शिक्षिकाहरू,विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत अभिभावकहरूको सहभागीता रहेको थियोे ।
 
विद्यालयका शिक्षक राजु भुर्तेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे ।

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:५८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology