Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भरतपुर कारगारका १३ कैदीले पाए राष्ट्रपतिबाट आममाफी

भरतपुर कारगारका १३ कैदीले पाए राष्ट्रपतिबाट आममाफी

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
भरतपुर कारगारका १३ कैदीले पाए राष्ट्रपतिबाट आममाफी
images

चितवन, ७ फागुन । कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन् । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच जना, कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका चार जना रहेको काफ्लेले जानकारी दिनुभयो । कार्यालयले २६ जनाको सिफारिस गरेकामा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो ।

सरकारले हरेक वर्ष विभिन्न अवसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भुक्तान भएकालाई राष्ट्रपतिमार्फत आममाफी दिने गरेको छ । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस र बडादशैँजस्ता अवसरमा आममाफी दिने गरिन्छ । कारागार कार्यालय भरतपरमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । दुई सय ५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिकासमेत रहेको काफ्लेले बताउनुभयो ।

कैदीबन्दीको चाप बढेसँगै विभिन्न जिल्लामा स्थानान्तरण गरिने गरेको भए पनि कोरोना कहरका कारण यस वर्ष स्थानान्तरण नगरिएको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - २०:२४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology