Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा

सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा

सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा
images

काठमाण्डौ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

images
images

काठमाण्डौ जिल्ला अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैङ्क ग्यारेन्टी बुझाएर हिजो बेलुका रिहा भएको जानकारी दिनुभयो ।

यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाण्डौ जिल्ला अदालतबाट ६० लाख बैङ्क ग्यारेन्टी बुझाएर छुटेका छन् । तर रवि र छविलालविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

यसैबीच पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश बदरको मागसहित सरकारी वकिल कार्यालयले उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएको बताउनुभएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछाने र जोशीसहित ७ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ०८:०६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology