Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आजको मौसमः नेपालमा पश्चिमी वायुको प्रभाव, केहि ठाउँमा वर्षा र हिमपात

आजको मौसमः नेपालमा पश्चिमी वायुको प्रभाव, केहि ठाउँमा वर्षा र हिमपात

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
आजको मौसमः नेपालमा पश्चिमी वायुको प्रभाव, केहि ठाउँमा वर्षा र हिमपात
images

चितवन, ८ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ०८:३७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology