Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज राष्ट्रिय प्रजातन्त्र दिवसः १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

आज राष्ट्रिय प्रजातन्त्र दिवसः १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
आज राष्ट्रिय प्रजातन्त्र दिवसः १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा
images

काठमाण्डौं, ७ फाल्गुन ।आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । सरकारले बिहान साढे ९ बजे काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्री र उच्च अधिकारी सहभागी हुनेछन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न कारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ । 
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ । 
विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ ।
आजदेखि लागू हुने गरेर बिर्खहाङ लिम्बुसहितका ४१० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा गर्ने निर्णय भएको हो । 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ०८:३४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology