Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा

पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा

पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा

म्याग्दी, माघ २ गते । म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो ।

images

पर्यटकले कालिगण्डकीमा जलयात्रा गरेर आनन्द लिनेछन् । बेनीको गलेश्वरदेखि कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलसम्म जलयात्रा गरिनेछ । महोत्सवको अवलोकनका साथै म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको मनोरञ्जनका लागि कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको महोत्सव आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताउनुभयो ।

जलयात्रा गर्न चाहने पर्यटकका लागि महोत्सव गेट नजिक टिकट बिक्री कक्ष स्थापना गरिएको छ । नेपाल रिभर एक्स पोलर प्रालिले महोत्सव अवधिभर कालिगण्डकी नदीमा जलयात्रा गराउने छ । जलयात्राका लागि गलेश्वरदेखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको विभिन्न प्याकेज बनाइएको प्रालिका सञ्चालक सन्तोष गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कालिगण्डकी नदीमा जलयात्रा गर्दा रमाइलो हुन्छ । यो सिजन कालिगण्डकी नदीमा जलयात्राका लागि उपयुक्त छ । सुरक्षाका उपायाहरु अपनाएर पर्यटकका लागि हामीले जलयात्रा गराउँछौं ।’’ गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति आठसय शुल्क तोकिएको गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक पटकमा आठदेखि दशजना सम्मले जलयात्रा गर्न सक्नेछन् । पर्यटककले इच्छाअनुसार बेनीदेखि मालढुङ्गा, नयाँ पुल, कुस्मा हुँदै मिर्मिसम्मको प्याकेजमा पनि जलयात्रा गराउने तयारी गरिएको प्रालिका सञ्चालक गिरीले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १४:४४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology