Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न

कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न

इच्छाकामना न्युज

२९, पौष २०८१
कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न
images

काठमाडौँ । कृषि विकास बैंक लिको आर्थिक वर्ष २०८०/८१ १८औं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

images
images

बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज सोमबार सम्पन्न भएको हो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लिको १८ औं बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पारेका थिए साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

शेयरधनीहरुको बाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेको थियो ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - २२:११:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology