Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मानव अधिकार एलायन्स चितवनमा पत्रकार खनालको नेतृत्व, कोषाध्यक्षमा इच्छाकामनाका गुरुङ चयन

मानव अधिकार एलायन्स चितवनमा पत्रकार खनालको नेतृत्व, कोषाध्यक्षमा इच्छाकामनाका गुरुङ चयन

images

इच्छाकामना न्युज

२६, पौष २०८१
मानव अधिकार एलायन्स चितवनमा पत्रकार खनालको नेतृत्व,  कोषाध्यक्षमा इच्छाकामनाका गुरुङ चयन
images

चितवन, पुष २६ ।  राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल–मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् ।

शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको हो । पत्रकार खनालले दुई दशकदेखि चितवन पोष्टमा समाचार लेख्दै आएका छन् ।

अधिवेशनले महिला उपाध्यक्षमा कमला गजुरेल सुवेदी, उपाध्यक्षमा विनोद बर्तौला, सचिवमा चन्द्रकान्त ओझा, कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा प्रेमनाथ सेढाईं, कोपिला दुवाडी, टीकाराम आचार्य, मदनराज घिमिरे, संगीता थापा, जमुना परियार र मीनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, लेखा समितिमा निरु बराल निर्वाचित भएकी छन् । अधिवेशनका प्रमुख अतिथि एलायन्स बागमती प्रदेश कमिटीका अध्यक्ष श्याम श्रेष्ठले मानव अधिकारको क्षेत्रमा चितवन एलायन्सले उल्लेखनीय काम गर्नेछ भनेर आफूले अपेक्षा गरेको बताए । उनले भने, ‘जिल्लामा जहाँ मानवअधिकारको हनन् हुन्छ, त्यहाँ चितवन एलायन्स पुग्नुपर्छ, मानवअधिकारको रक्षामा सदैव पहरेदारको रुपमा उभिनुपर्छ ।’ अध्यक्ष श्रेष्ठले चितवन एलायन्स जिल्ला कमिटीले अब पालिकास्तरमा समिति बनाउने बताए ।

उनले भने, ‘जिल्ला कमिटीले चितवनका प्रत्येक पालिकामा मानव अधिकारसम्बन्धी तालिम, प्रशिक्षण, अन्तक्र्रिया तथा जागरणका कार्यक्रमहरु गर्नेछ ।’ कार्यक्रममा एलायन्सका पूर्व केन्द्रीय उपाध्यक्ष केशवप्रसाद रेग्मीले मानव अधिकारसम्बन्धी निर्देशिकाहरु पालना गर्दै एलायन्स चितवन अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मानवअधिकार भनेको बाँच्नको लागि आवश्यक पर्ने सबै अधिकारलाई लिइन्छ ।’ मानव अधिकारलाई जन्मसिद्ध अधिकार वा नैसर्गिक अधिकारको रुपमा लिइन्छ । पेटभर खान पाउनु, आधारभूत अनिवार्य र निःशुल्क शिक्षा पाउनु, आधारभूत स्वास्थ्य सेवा पाउनु, पेसा तथा रोजगारी छनौट गर्न पाउनु, समान व्यवहार, विचार र अभिव्यक्ति स्वतन्त्रता लगायत मानव अधिकार हुन् ।

‘खाना, नाना, छानाको अधिकार दिने तर स्वतन्त्रतापूर्वक हिँडडुल गर्न, बोल्न, सङ्गठित हुन नदिने हो भने उसको जीवन मर्यादित रहँदैन’ पूर्व केन्द्रीय उपाध्यक्ष रेग्मीले भने । अधिवेशनको प्रमुख वक्ताको रुपमा रहेका नेकपा एमाले पोलिट्व्युरो सदस्य देवीप्रसाद ज्ञवालीले मानव अधिकारको मूल तत्व भनेको मानवीय आत्मसम्मानको रक्षा भएको बताए । उनले भने, ‘जीवनको अधिकार भन्नु नै आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हो, मानवीय आत्मसम्मानबिना मानव जीवन पशुतुल्य हुने हुँदा कुनै पनि मानिसलाई उसको कुनै अधिकारबाट बञ्चित गर्न मिल्दैन । मानवअधिकार अरुलाई हस्तान्तरण गर्न पनि मिल्दैन ।’

कार्यक्रमको अध्यक्षता गरेका नारायणप्रसाद दवाडीले एलायन्स चितवनले मानव अधिकारको क्षेत्रमा काम काम गर्दै आएको र अबको जिल्ला कमिटीले पनि तदारुकताको साथ काम गर्दै जाने बताए । अध्यक्ष दवाडीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामकुमार श्रेष्ठले आर्थिक प्रस्तुत गरेका थिए ।

एलायन्स प्रदेश कमिटी सहसचिव पार्वती घिमिरे दवाडीले काठमाडौँमा हुन लागेको प्रदेश कमिटीको अधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधि छनौट भएको बताइन् । उनका अनुसार चितवनबाट पाँच जना प्रतिनिधि प्रदेश अधिवेशनको लागि छनौट भएका छन् ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २०:०९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology