Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गुण्डा नाइके राधेसँग मिलेको आशंकामा गजुरीका डिएसपी खड्का सरुवा

गुण्डा नाइके राधेसँग मिलेको आशंकामा गजुरीका डिएसपी खड्का सरुवा

इच्छाकामना न्युज

२४, आश्विन २०७७
गुण्डा नाइके राधेसँग मिलेको आशंकामा  गजुरीका डिएसपी खड्का सरुवा
images

गजुरी, २४ असोज
गुण्डा नाइके भनेर चिनिने कांग्रेस निकटका राधाकृष्ण भण्डारी (राधे) सँग मिलेर बालुवा तस्करील गायत अबैध काम गरेको आरोपमा इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्वराज खड्कालाई मुखबाट हटाइएको छ।
खड्कालाई गुण्डा नाइके भण्डारीसँग मिलेर नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको आरोप लागेको थियो। नदी दोहन गर्नेहरुलाई संरक्षणको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले खड्कालाई २ नम्बर गणमा सरुवा गरेको छ। गजुरीमा डिएसपी युवराज खड्कालाई पठाइएको छ।

images
images

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धम्की दिएको अभियोगमा गुण्डा नाइके भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले विहिबार पक्राउ गरेको थियो। भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा अनुसन्धानका लागि १० हिरासतमा राख्न जिल्ला प्रशासनले अनुमति दिएको छ।

यसअघि पनि हतियार सहित पटक पटक पक्राउ परेका भण्डारी राजनीतिक आडमा छुट्दै आएका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका गुण्डा नाइके समिरमान बस्नेतको समुहमा रहेर धादिङसहितका विभिन्न क्षेत्रमा गुण्डागर्दी गर्दै आएका भण्डारीले यसअघि अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’लाई समेत गोली प्रहार गरेका थिए ।केही महिना अघि धादिङकै गजुरी प्रहरीले भण्डारीलाई हतियार सहित स्थानियबासीलाई धम्काउँदै गरेको अभियोगमा पक्राउ गरेको थियो । त्यति बेला पनि उनी राजनीतिक आडमा छुटेका थिए ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - ०८:०९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology