Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने

पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने

इच्छाकामना न्युज

२२, पौष २०८१
पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने
images

कास्की, पुस २२ गते । पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।

images
images

महोत्सव चलचित्र विकास बोर्डको मुख्य आयोजनामा हुन लागेको हो । बोर्डका अध्यक्ष दिनेश डिसीले पोखरा महानगरपालिकाका  प्रमुख धनराज आचार्यसँग भेटवार्ता पछि महोत्सवसम्बन्धी प्रारम्भिक र महत्त्वपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ ।

पहिलो पटक ठुलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गरिने जनाइएको छ ।

पोखरा महानगरका प्रमुख आचार्यले कलाकार र स्रष्टाहरुलाई पोखरामा स्वागत गर्दै महोत्सव सफल हुने बताउनुभएको छ । विकास बोर्डको मुख्य आयोजनामा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवर्द्धकको रूपमा रहनेछन् ।

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - १२:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology