Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामनाको दुई विधालयलाई १ लाख भन्दा बढीको शैक्षिक सामाग्री सहयोग

इच्छाकामनाको दुई विधालयलाई १ लाख भन्दा बढीको शैक्षिक सामाग्री सहयोग

images

इच्छाकामना न्युज

१०, पौष २०८१
इच्छाकामनाको दुई  विधालयलाई १ लाख भन्दा बढीको शैक्षिक सामाग्री सहयोग
images

इच्छाकामना, १० पौष । चितवनको इच्छाकामना गाउँपालिका-५, मा अवस्थित दुई वटा आधारभूत विधालयका विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।

Facebook_creation_66A53D45-84FF-4D2D-9E19-5265AA12D73A.jpegगाउँपालिका रोजगार शाखाका ई. आकाश शेरचनको पहल तथा दक्षीण कोरियाबाट पेम्बकी शेर्पाको सहयोगमा इच्छाकामना गाउँपालिका-५, मा रहेको राष्ट्रिय आधारभूत विद्यालय, तामिनका ३२ जना विधार्थी र राष्ट्रिय आधारभूत विद्यालय, पामडांडाका १ सय ८९ जना विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि दुबै विधालयमा अध्ययन गर्ने २ सय २१ जना विधार्थीहरुलाई १ लाख रुपैयाँ भन्दा बढीको शैक्षिक सामाग्री अन्तर्गत कापी-२२५ दर्जन, पेन्सिल-११० दर्जन, पेन-११५ प्याकेट, दांत माझ्ने मन्जन १३२ थान, दांत माझ्ने ब्रश- १३२ थान लगाएत सामाग्री सहयोग हस्तान्तरण गरिएको इच्छाकामना गाउँपालिकाका रोजगार संयोजक आकाश शेरचनले जानकारी दिए ।

उक्त कार्यक्रममा इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्कर विष्ट, वडा नं.५ का वडा सदस्य फूलमाया वि.क., दुबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - २१:३८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology