Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

तमु पत्रकारिता पुरस्कार – २०८१ बाट इच्छाकामना न्युजका सम्पादक गुरुङ्ग पुरस्कृत 

तमु पत्रकारिता पुरस्कार – २०८१ बाट इच्छाकामना न्युजका सम्पादक गुरुङ्ग पुरस्कृत 

images

इच्छाकामना न्युज

१०, पौष २०८१
तमु पत्रकारिता पुरस्कार – २०८१ बाट इच्छाकामना न्युजका सम्पादक गुरुङ्ग पुरस्कृत 
images

इच्छाकामना, १० पौष । तमु पत्रकारिता पुरस्कार – २०८१ बाट इच्छाकामना न्युज ब्रोडकाष्टिङ्ग मिडिया प्रा.लि का सम्पादक देवराज गुरुङ्ग पुरस्कृत भएका छन् ।

तमु (गुरुङ्ग) संचारकर्मी संघ नेपालले तमु बौद्ध सेवा समितीको सभाहल अनामनगर, काठमाण्डौंमा बुधबार आयोजना गरेको तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ्ग न्युज डटकम वर्ष पुस्तक लोकार्पण कार्यक्रममा इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङ्ग सहित ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले संघले २०७० साल देखि प्रदान गर्दै आएको तमु पत्रकारिता पुरस्कारबाट पूर्व प्रधानसेनापति छत्रमानसिंह –कमला गुरुङ्ग पत्रकारिता पुरस्कारबाट इच्छाकामना न्युजका सम्पादक गुरुङ्गलाई पुरस्कृत गर्नुभएको तमु (गुरुङ्ग) संचारकर्मी संघका महासचिव एवं इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टि गुरुङ्गले जानकारी दिए । 


देवराज गुरुङ (गुरुङतर्फ) 


वि.सं. २०४८ असार ९ गते गोरखाको भुम्लिचोकमा बुवा मेहरमान गुरुङ र आमा डिलमाया गुरुङको कोखबाट जन्मिनुभएका पत्रकार देवराज गुरुङ करिब ९ वर्षदेखि पत्रकारितामा क्रियासिल हुनुहुन्छ । २०७२ सालमा अखबार दैनिक अनलाईन पत्रिकामा आबद्ध  भै पत्रकारिता गरिरहनुभएका उहाँ गतिसिल खबर अनलाईन हुदै २०७४ सालदेखि हालसम्म चितवनबाट संचालित इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाको सम्पादक हुनुहुन्छ भने कान्तिपुर, अन्नपूर्ण, नागरिक दैनिक जस्ता राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुको लागि लेख समेत लेख्ने गर्नुहुन्छ । 

 

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १५:४८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology