Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र
images

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।

images
images

क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सवलाई भब्य बनाउन प्रचारप्रसार, मैदान तथा आन्तरिक व्यवस्थापनको काम तीब्र रुपमा भइरहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ०९:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology