इच्छाकामना, ७ पौष । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कुयलघारिमा आईतबार विभिन्न खाद्य तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
फिर्के तमु समाज आमा समुहले राष्टिय आधारभूत विद्यालयको प्राङ्गणमा “न्यानो ल्होछार २०८१" कार्यक्रमको आयोजना गरी सो ठाउँका स्थानीय तथा विद्यार्थीका लागि खाद्य सामाग्री एवं शैक्षिक सामाग्री बितरण गरिएको हो ।
बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालका स्वकीय सचिव चित्र सोल्टि न्हान्सी तमूको विशेष पहलमा प्राप्त सहयोग विभिन्न खाद्य सामाग्री, कपि, कलम, ड्रेस वितरण गरिएको फिर्के तमु समाज आमा समुहले जनाएको छ ।
न्यानो ल्होछार २०८१" कार्यक्रम
मा प्रमुख अथिती इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्थानीय तथा विधार्थीहरुलाई विभिन्न खाद्य सामाग्री, कपि, कलम, ड्रेस वितरण गर्नुभएको थियो ।
