Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्व शिक्षक कृष्ण पोखरेलको साहित्य समर्पण

पूर्व शिक्षक कृष्ण पोखरेलको साहित्य समर्पण

पूर्व शिक्षक कृष्ण पोखरेलको साहित्य समर्पण
images

नेपाली भाषा साहित्यमार्फत् जनजीवनलाई टपक्क टिपेर शब्द सिर्जनामा निरन्तर लागिरहने कवि हुन्, कृष्णप्रसाद पोखरेल । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ चुम्लिङटार निवासी पोखरेल वि.सं.२०१२ साल साउन २७ गते कृष्ण जन्माष्टमीका दिन इच्छाकामनाकै डहकी गाउँमा जन्मिएका हुन्  । जीवनको ४ दशक शिक्षण पेशामा आवद्ध उनी हाल अवकासको जीवन बिताइरहेका छन् ।

images
images

सानैदेखि गीत, कविता सुन्न, लेख्न र पढ्नमा औधी रुची राख्ने उनले अन्ततः साहित्य लेखनलाई निरन्तरता दिइरहेका छन् । फलस्वरुप २१ वर्षको उमेरमै वि.सं. २०३३ सालमा ‘नेपाली मिति दर्पण’ नामक पुस्तक प्रकाशित गरेका थिए । त्यसपछि विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध, नाटक, स्मरण, समीक्षा, लघुकथा आदि निरन्तर प्रकाशित गर्दै आएका छन् । 

वि.सं. २०६२ सालमा विद्यालयमा लेखा सञ्चालन तथा क्यालेण्डर निर्माण, वि.सं. २०७६ सालमा ‘कालो नैवेद्य’ कविता सङ्ग्रह प्रकाशित गरे । अवकासको जीवनपश्चात पनि नेपाली भाषा, साहित्य रचनामा निरन्तर लागिरहेका उनको अझै पनि कविता, समीक्षा, गाउँखाने कथा, कविता, स्मरणलगायत थुप्रै फुटकर रचना प्रकाशोन्मुख छन् । 

४ दशक एउटै विद्यालय सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा बिताएका उनी सेवा निवृत्तपछि पनि साहित्य लेखनमा उत्तिकै सक्रिय छन् । साहित्यलगायत विभिन्न संस्थाहरूमा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय छन् । यही क्रममा उनले २०६३ सालमा इच्छाकामना साहित्य प्रवाह नामक साहित्यिक संस्था स्थापना गरी इच्छाकामनाको साहित्यिक क्षेत्रमा योगदान पु¥याउने प्रयास गरेका छन् । हाल निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्षसमेत रहेका उनी आधा दर्जनभन्दा बढी संघसंस्थाबाट नगदसहित सम्मानित एवम् पुरस्कृत भइसकेका छन् । 

शिक्षा दिवसका अवसरमा तत्कालीन जिल्ला शिक्षा कार्यालय चितवनबाट २०४५ मा सम्मानित, सोही वर्ष शिक्षा दिवसका अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनबाट सम्मानित, २०६८ सालमा जनसांस्कृतिक महासंघ चितवनबाट पुरस्कृत, २०७७ सालमा शारदा स्मृति प्रतिष्ठान चितवनबाट सम्मानित, रचनाका मुना साहित्य समूहबाट २०७८ सालमा सम्मानित, २०७९ मा इच्छाकामना साहित्य प्रवाह चितवनबाट पुरस्कृत, २०८० सालमा साहित्य सङ्गम चितवनबाट सम्मानित भइसकेका पोखरेल आफू कार्यरत विद्यालयबाट २०४३ देखि नै पटकपटक नगदसहित सम्मानित भइसकेका छन् । 

‘हर्ष र पीडाको अनुभूति नै जीवन हो’ भन्ने जीवनप्रतिको धारणा राख्ने उनले ‘बिचारको कलात्मक प्रस्तुति नै साहित्य हो’ भन्ने साहित्यप्रतिको धारणा राख्छन् । ‘व्यवहार नै बिचारको कसी हो’ भन्नेसमेत उनको धारणा छ । इच्छाकामनाको साहित्य क्षेत्रको श्रीवृद्विमा अतुलनीय योगदान दिँदै आएका उनलाई हालसम्म साहित्य, शिक्षासहितको क्षेत्रबाट समाजमा दिँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रकै पहिलो डिजिटल अनलाइन पत्रिका इच्छाकामना न्युज डटकमले सातौं वार्षिकोत्सवको अवसरमा ‘इच्छाकामना न्युज साहित्य सम्मान–२०८१’ बाट सम्मानित गर्न लागिएको हो । 

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०९:०९:१९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology