Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिन - नौबिसे खण्ड पुस ७ गते देखि एक साता आंशिक बन्द हुने

मुग्लिन - नौबिसे खण्ड पुस ७ गते देखि एक साता आंशिक बन्द हुने

images
मुग्लिन - नौबिसे खण्ड पुस ७ गते देखि एक साता आंशिक बन्द हुने
images

मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिन - नौबिसे खण्ड पुस ७ गते आइतबारदेखि एक साता आंशिक बन्द हुने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार नौबिसे मुग्लिन खण्डको पोखरी भिर र विशालटारमा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकोले जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१ पुस ३ को निर्णय अनुसार पुस ७ गते आइतबार देखि १३ गतेसम्म दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म दैनिक ३ घण्टा सवारी सञ्चालनमा रोक लगाइने भएको छ।

दुई स्थानमा काम गर्ने भएकोले नौबिसेबाट गजुरी छिर्ने ठूला सवारी साधनहरू गल्छी बैरेनी र साना सवारी साधनहरु जरेखेत तथा मलेखुबाट नौबिसे छिर्ने ठूला सवारी साधनहरू चालिसे र हलुका सवारी साधनहरू घाटबेसीमा रोकिने भएको छ।

त्यसैगरी, मुग्लिन बाट मलेखु छिर्न ठूला सवारी साधनहरू मझिमटार र हलुका सवारी साधनहरू चरौदी बजार तथा मलेखुबाट मुग्लिनतर्फ छिर्ने भारी सवारी साधनहरु बेनीघाट बजार र हलुका सवारी साधनहरु विशालटारमा रोकिने भएको छ।

सो रोकिएको समयमा सवारी साधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न पनि जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ।

 
 
twitter sharing button
messenger sharing button

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - २०:२५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology