काठमाडौं,फागुन४ । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक वदली रहेको छ ।देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।देशका बाँकी पहाडी भू–भागको मौसममा आंशिक बदली हुने संभावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।देशका बाँकी क्षेत्रका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने संभावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।