Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै

च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै

images
च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै
images

पालुङटार । गोरखाको पालुङटार नगरपालिका अन्र्तगत पर्ने डोटीचौतारा देखि बिरुवाटार सडक कालोपत्रे हुने भएको छ ।

नगरपालिकाको सबैभन्दा जन्घन्त्व भएको वडा ७ र ८ नम्बर वडाको कृषि जन्य उत्पादित बस्तु सहजै तबरबाट बजारसम्म ल्याउन डोटीचौतारा देखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे गर्ने काम भएकाले च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार हुँदै पालुङटार नगरपालिकाको कार्यालय नजिक राधाकृष्ण मन्दिर चोकको पुग्ने सडक कालोपत्रे हुने भएको उहाँले बताउनुभयो ।

धुलो र हिलो सडक भएर हिड्नु पर्ने बाध्यताको अन्त्य गर्दै पालुङटार नगरपालिकाले बजेट व्यवस्थापन गरी सडक कालोपत्रे गर्ने योजना अनुसार सडक कालोपत्रे गर्न लागिएको पालुङटार नगरपालिकाका ईन्जिन्यिर सन्दिप मरहठ्ठाले बताउनुभयो । सडक बाटो भएर तनुहँको डुम्रे र तुरतुरु पोखारा लगायतका ठाउँमा सहज तवरबाट पुग्न यात्रुलाई लागि कम खर्चमा आवतजावत गर्न सकिने भएको छ । कालोपत्रे हुने भएपछि स्थानीयहरु खुशी भएका छन् ।

सडक मार्ग भएर ७ र ८ नम्बर वडामा उत्पादति लिचि उखु केरा लगाएतका फलफुलहरु सजिलै सडक मार्गबाट बजार लानसकिने भएकाले पनि स्थानीयहरुलाई राहत हुने भएको छ । कालोपत्रे सडक योजनाको लागि ए २ जेट कम्पनीसँग २०८१ साल मंसिर १५ गते सम्झौता भएर काम अघि बढेको पालुङटार नगरपालिकाका ईन्जिनियर सन्दिप मरहठ्ठाले जानकार िदिनुभयो ।

२०८२ साल जेठ मसान्त सम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीले दु्रत गतिमा काम अघि बढाएकाले यहि चैत मसान्त सम्म काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट १ करोड ८० लाख रुपैयाँमा निर्माण कम्पनीबिच ३ किलोमिटर सडक कालोपत्रे र एक साईडमा पक्की नाली बनाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

कालोपत्रे सडकको ५.५ मिटर चोडाई सबग्रेड, सबबेस, बेस फाईनल भएकाले तोकिएको समय सिमा भन्दा २ महिना पहिले नै कालोपत्रे हुनेगरी काम अघि बढिरहेको नगरपालिकाका मेयर बिबश चिन्तनको भनाइ छ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १३:५२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology