Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सौराहामा पौष ११ देखि चितवन हात्ती तया पर्यटन महोत्सव हुने

सौराहामा पौष ११ देखि चितवन हात्ती तया पर्यटन महोत्सव हुने

सौराहामा पौष ११ देखि चितवन हात्ती तया पर्यटन महोत्सव हुने
images

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुने भएकाे छ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयोजकले जनाएको छ ।

images
images

आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । सौराहा सहित समग्र चितवनको पर्यटन विकासको लागि हरेक वर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुनेछ । ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न राष्ट्रपति पौडेलबाट चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिए । आवश्यक प्रक्रिया पुरा गरी हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन समारोहका बीच जिल्लालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उनले बताए ।

विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुन्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।

सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको भन्दै संघका महासचिव गुणराज थपलियाले महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेको छ ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:५५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology