Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

शिक्षण पेशा छोडेर कृषिमा रमाउँदै तनहुँकी एक महिला

शिक्षण पेशा छोडेर कृषिमा रमाउँदै तनहुँकी एक महिला

शिक्षण पेशा छोडेर कृषिमा रमाउँदै  तनहुँकी एक महिला
images

अमरराज नहर्की

images
images

तनहुँ, पुस १ गते । शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाउनुभएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट नाम र दाम दुबै कमाउनुभएको हो ।

गौलीले कृषि पेशाबाट वार्षिक रुपमा २० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । गौली २०४५ साल देखि २०६१ सालसम्म १६ वर्ष शिक्षण पेशामा लाग्नुभएको थियो । प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराउनुभएकी गौलीले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यावसायिक खेती गर्नुभएको छ ।

प्रकृति र माटोलाई पुज्दै, यही क्षेत्रलाई साधना केन्द्रको रुपमा स्थापित गराउन कृषि पेशामा लागेको गौलीको भनाइ छ । वार्षिक रु २० हजार बुझाउने गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेको गौलीले जानकारी दिनुभयो । 

विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गर्नुभएको थियो । उहाँले गत वर्षमा रु. १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गर्नुभएको थियो । प्रतिकिलो पाँच सय देखि छ सय रुपियाँसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएको  गौलीले बताउनुभयो । 

गौलीले दुई वर्ष अघि भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाउनुभएको छ । करिब  डेढ करोड रुपियाँ लगानी गरेको गौलीले जानकारी दिनुभयो । फार्ममा ड्रागन फ्रुटका साथै मौसम अनुसार तरकारीहरु कुरिलो, गिठा, भ्याकुर, पिँडालु, अदुवा, कुभिण्डो, सिस्नाेलगायतको खेती गर्नुभएको छ । यस वर्ष  ड्रागन फल १६ लाख र बिरुवा चार लाख गरी २० लाखको बिक्री गरेको गौलीले बताउनुभयो ।

प्रति बिरुवा एक सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।  गौली घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष हुनुहुन्छ । गौलीले भन्नुभयाे, " धैर्यपूर्वक कृषिकर्मलाई पूजाको रुप दिई व्यवसाय गरिन्छ भने नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ ।"

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:५१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology