Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
images

आँबुखैरेनी, मङ्सिर २९ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित  बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई  चितुवा देखिएको थियो । 

बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिनुभयो । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो । 

उहाँले भन्नुभयो, “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । 

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १४:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology