इच्छाकामना, २८ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाले बिहीबार नि ः शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । वडा नं. १ स्थित सामुदायिक स्वास्थ्य इकाईको भवन भाराङ्गमा १ दिने नि ः शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटा, जनस्वास्थ्य निरिक्षकहरु भक्त गुरुङ्ग, नवराज अधिकारी, एच.ए. अमृता यादव, ल्याब टेक्निसियन सन्तोष थापा, सि. अनमी मन्जु घिमिरे, सि. अनमी अम्बीका देवी कडेल, बसुन्धरा खड्का लगाएको टोलीले नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त शिविरमा पूरुष ३४ जना ७१ जना महिला गरी १०५ जनाले स्वास्थ्य जाँच÷ परिक्षण गराएका थिए ।
जस अन्तर्गत खकार परिक्षण ५५ जना, परिवार नियोजन सेवा ६ जना, पाठेघर क्यान्सरको जाँच १४ जना, भिडियो एक्सरे सेवा ८ जना लगाएतले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।

