Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

images

इच्छाकामना न्युज

२७, मंसिर २०८१
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 
images

इच्छाकामना, २७ मंसिर । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

469981325_3564219660379718_8825689482180852225_n.jpgगाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्न पृष्ठपोषण लिने उदेश्यले इच्छाकामना गाउँपालिका वडा नं. १ स्थित सामुदायिक स्वास्थ्य इकाईको प्राङ्गण भाराङ्गमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

469961726_3564219383713079_5478792885848710414_n.jpgकार्यक्रममा सहभागीहरुले राखेको प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्ग, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त वस्नेत, वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगर लगाएतकाले जवाफ दिएका थिए ।

470150606_3564219483713069_237826446253134632_n.jpgगाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्गले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर १ भाराङ्गमा सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो ।

आगामी सार्वजनिक सुनुवाई पनि अन्य वडामा पालैपालो गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्गको सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सर्वाजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि. चितवनले गरेका थियो ।

images
प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - २२:५४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology