Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

इच्छाकामना न्युज

२६, मंसिर २०८१
सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
images

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

images
images

आयोगले प्रेस विज्ञप्ति निकालेर सहकारी समस्याप्रति ध्यानाकर्षण भएको भन्दै समस्याको सार्थक समाधान खोजेर बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले निकालनुभएको विज्ञप्तिमा व्यक्तिको आर्थिक, सामाजिक र सांकृतिक अधिकारको हनन भएको उल्लेख छ । विगतमा सहकारी पीडितको समस्या समाधान गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वयन नभएकोमा आयोगले चिन्ता व्यक्त गरेको छ ।

राज्य र पीडितबीच भएका सहमति कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत अधिकारको संरक्षण गर्न साथै सहकारीमा देखिएको कानूनी, नीतिगतलगायत सबै प्रकारका समस्याहरू समाधान गर्न आयोगको विज्ञप्तिमा भनिएको छ ।

देशभरका सहकारी पीडित बचत रकम फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत छन् । सहकारीको रकम सञ्चालकहरूले हिनामिना गरेपछि बचतकर्ता समस्यामा परेका छन् ।

 

 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १५:४३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology