Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

नेपाल र भारतबीच समान भन्सार मूल्याङ्कन प्रणाली नहुँदा चोरी–तस्करी बढ्यो

नेपाल र भारतबीच समान भन्सार मूल्याङ्कन प्रणाली नहुँदा चोरी–तस्करी बढ्यो

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
नेपाल र भारतबीच समान भन्सार मूल्याङ्कन प्रणाली नहुँदा चोरी–तस्करी बढ्यो
images

पर्सा – नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढिरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवम् राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् ।

भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जीएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् ।

पर्सामा रहेको सशस्त्र प्रहरी बलले चालू आर्थिक वर्षको पहिलो चार महिनामा भन्सार छलेर भित्र्याइएका १५ करोड १८ लाख रुपैयाँका सामान नियन्त्रणमा लिएको छ भने दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

सीमावर्ती शहरमा भारतले लागू गरेको जीएसटी र नेपालको भन्सार महसूलबीच एकरूपता नहुँदा अवैध निकासी र पैठारी नियन्त्रण हुन नसकेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १५:३८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology