Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना र रत्ननगरका ५ सय १ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

इच्छाकामना र रत्ननगरका ५ सय १ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

२४, मंसिर २०८१
इच्छाकामना र रत्ननगरका ५ सय १ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ५०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

सेवा अहिले नेपाल संस्थाले इच्छाकामना- ७ भालुमारामा संचालित लाइट हाउसमा अध्ययनरत २३७ जना, इच्छाकामना -२ मायाटारमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत १९८ जना, श्री राष्ट्रिय आधारभुत विद्यालय कापेका १५ जना र रत्ननगर नगरपालिका-११शित्तलटोलमा रहेका ५० जना गरि ५०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।



 

शनिबार र आइतबार तीन ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गरी विद्यार्थीलाई सुइटर, टोपि र सुरवाल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक अर्जुन ढकालले बताउँनु भयो । उहाँले जाडो मौसममा न्यानो कपडाको अभावमा अध्ययन गर्न कठिन परेका गरिब तथा विपन्न बर्गका बिद्यार्थीहरुलाई संस्थाले सानो सहयोग गरिएको बताउँनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले सेवा अहिले नेपाल संस्थाले गाउँपालिकाको बालबालिकाको शिक्षा र महिलाको जिवनस्तर उकास्ने क्षेत्रमा काम गरिरहेको बताउँनुभयो । उहाँले ग्रामीण क्षेत्रको विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभयो । न्यानो कपडा वितरण कार्यक्रममा वडाअध्यक्षहरु पंचबहादुर चेपाङ र बमबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

सेवा अहिले नेपाल संस्थाले यस अगाडि पनि चितवनका विभिन्न क्षेत्रमा निशुल्क सिलाइ कटाइ तालिम, विद्यार्थीहरूका लागि न्यानो कपडा, स्टेशनरी लगायतका सामग्रीहरू सहयोग गर्नुका साथै विपन्न वस्तीहरूमा खाद्यान्न लगायतका सहयोगहरू समेत उपलब्ध गराउदै आएको संस्थाका चितवन कोर्डिनेटर इश्वर श्रेष्ठले बताउँनुभयो। संस्थाले गत हप्ता सर्लाहीमा पनि ३१५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको श्रेष्ठ जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १०:१२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology