Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

साना किसान कृषि सहकारी दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
साना किसान कृषि सहकारी दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न
images

कुरिनटार ।  चितवनको इच्छाकामना ४ कुरिनटरमा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न  भएको छ ।  संस्थाकी  अध्यक्ष तूलसा थापाको  सभापतित्व तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा  सर्वशान्ति मावि कुरिनटारमा साधारणसभा सम्पन्न भएको हो । 

त्यसै गरि गाउँपालिका उपाध्यक्ष माया सिलवाल विशिष्ट तथा वडा नं ३ को वडाध्यक्ष तथा कृषि सहकारी संघ भरतपुर चितवनका अध्यक्ष नर बहादुर नेपाल, ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, इच्छाकामना गाउँ पालिका कृषि विकास शाखा प्रमुख समिक्षा पौडेल ,सर्व शान्ति मा. वि. कुरिनटारका व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवालको आतिथ्यता रहनुभएको थियो ।  

469268328_1599609223974168_4942049541288720169_n1733629660.jpg

संस्थाका अध्यक्ष  तूलासा थापा, लेखा सुपरिवेक्षण समिति संयोजक शंकर प्रसाद सिलवाल तथा मुख्य प्रबन्धक रामजी नेपाल क्षेत्रीले संस्थाको प्रतिवेदन तथा प्रस्तावहरु पेस गर्नुभएको थियो ।  वि.स.२०६३ बैशाख २१ गते स्थापना भएको संस्थाको आर्थिक बर्ष २०८१/८२ कात्तिक मसान्त सम्ममा संस्थाको कुल पुजीँ रु १ करोड ५० लाख २६ हजार पुगेको छ ।   लगानी रु १८ करोड ५२ लाख ७० हजार  र बचत १३ करोड २० लाख २१ हजार  रहेको छ । हाल संस्थाको जगेडा कोष २ करोड १२ लाख ३६ रहेको छ । 

आर्थिक बर्ष २०८१ /८२ को कात्तिक मसान्त सम्म ४ महिनाको अवधीमा संस्थाले  १९ लाख ४१ हजार मुनाफा आर्जन गरको  संस्थाका मुख्य प्रबन्धक रामजी नेपालले बताउनुभयो ।  उहाँका अनुसार संस्थामा हाल सम्म १ हजार ३७ जना शेयर सदस्य रहेका  छन् । ऋणि सदस्य भने ४४६ जना रहेको छ । 
 कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सञ्चालक समितिको सदस्य हरि बहादुर नेपालले राख्नुभएको थियो भने संस्थाका प्रबन्धक कल्पना भट्ट अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शेयर  सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १०:११:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology