Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मुग्लिनमा विधालय स्तरिय १ दिने प्राथमिक उपचार तालिम सम्पन्न

मुग्लिनमा विधालय स्तरिय १ दिने प्राथमिक उपचार तालिम सम्पन्न

images

इच्छाकामना न्युज

२२, मंसिर २०८१
मुग्लिनमा विधालय स्तरिय १ दिने प्राथमिक उपचार तालिम सम्पन्न
images

मुग्लिन , मंसिर - २२। चितवनको इच्छाकामना गाउँपालिका वडानं ५ मा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनमा विद्यालय स्तरिय १ दिने ” प्राथमिक उपचार तालिम” सम्पन्न भएको छ।

मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा गठन भएको युवा रेडक्रस सर्कलको आयोजना तथा इच्छाकामना गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने प्राथमिक उपचार तालिम शुक्रबार सम्पन्न भएको हो।

मर्स्याङ्दी युवा रेडक्रस सर्कलकी अध्यक्ष साकिरा बस्नेतको अध्यक्षता सम्पन्न तालिममा नेपाल रेडक्रस सोसाइटी उपशाखा मुग्लिनका सचिव शंकर सिलवालको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु कुँवर, विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठ, इच्छाकामना आधारभूत अस्पतालका डाक्टर अभिषेक लिम्बु, इच्छाकामना जन स्वास्थ्य निरीक्षक नवराज अधिकारीको विशिष्ट अतिथ्यता रहेको थियो।

युवा सर्कलका शिक्षक नायक सोनी गुरुङले सञ्चालन गरेको कार्यक्रममा आधारभूत अस्पतालका ल्याब टेक्निसियन सन्तोष थापा, विद्यालयका इसीए इन्चार्ज सनम पन्तको अतिथ्यता रहेको थियो।

सो तालिममा इच्छाकामना आधारभूत अस्पतालका डाक्टर अभिषेक लिम्बु, इच्छाकामना जन स्वास्थ्य निरीक्षक नवराज अधिकारीले प्रशिक्षण दिनु भएको थियो।

images
प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०९:२९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology