Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनीमा सचेतना कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनीमा सचेतना कार्यक्रम

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनीमा सचेतना कार्यक्रम
images

आबुँखैरेनी, मंसिर १६ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनी गाउँपालिकामा बुधबार सेचतना कार्यक्रम आयोजना गरिएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागी एक्यबद्धता’ भन्ने राष्ट्रिय नारा सहित आँबुखैरेनी गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्ध कानुनी परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँ कार्यपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले पनि मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायधिश कमलराज बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय तनहूँका जिल्ला न्यायधिवक्ता खेमराज पाठक, जिल्ला अदालत तनहूँका इजलास अधिकृत कृष्ण गौतम, सरकारी वकिल कार्यालयका नासु सुमन ढकाल, आँबुखैरेनी अस्पताल प्रमुख÷मेसु.डाक्टर डि.बि.क्षेत्री, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक कमल राज सुबेदीले विभिन्न विषयमा सहजिकरण गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १९:५५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology