चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले विभिन्न कार्यक्रमको आयोजना गरी १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ सम्पन्न गरेको छ ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ कार्यालयको प्राङगणमा शुक्रबार कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।कर जागरण अभियान अन्तर्गत करदातामा सचेतना अभिबृद्धि गर्दै करको दायरा बृद्धि गर्ने उदेश्यले मंसिर १ गते बाट सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको थियो ।
जसअन्तर्गत प्रभातफेरी, खेलकुद, कर सम्बन्धी सन्देशमुलक गित र नारा सहित बजार परिक्रम, व्यवसायी, विद्यार्थी कर्मचारी संघसंस्थाका करदाताहरुलाई करशिक्षा, व्यवसायीहरुमा अन्तकृया, रक्तदान लगाएतका कार्यक्रम गरिएको थियो भने आज सम्मापनको दिनमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी टिका बहादुर जिटी र उत्कृष्ट करदाता निर्माण व्यवसायी उत्सव श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत प्रमुख पुण्य बिक्रम खड्काले बताए ।