Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा रामशाह मावीमा विधार्थी बचत खाता उद्घाटन

आँबुखैरेनी गाउँपालिकाद्वारा रामशाह मावीमा विधार्थी बचत खाता उद्घाटन

images

इच्छाकामना न्युज

६, मंसिर २०८१
आँबुखैरेनी गाउँपालिकाद्वारा रामशाह मावीमा विधार्थी बचत खाता उद्घाटन
images

आँबुखैरेनी, ६ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका-३, स्थित रामशाह मावीमा बिहीबार विधार्थी बचत खाता उद्घाटन गरिएको छ । आँबुखैरेनी गाउँपालिकाको आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा कुमारी बैंकको समन्वयमा गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम कुमारी बैंकसंग समन्वय गरी खाता खोल्ने तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीको हकमा प्रति विद्यार्थी रु. एक हजार गाउँपालिकाले विद्यार्थीको खातामा बचत गरिदिने र बचत गरे बापत कुमारी बैंकले रु. बीस हजार बराबरको स्वास्थ्य बीमा लगायतका अन्य सुविधाहरु व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष शुक्रवार चुमानले जानकारी दिनुभयो । गाउँपालिकाको यो कार्यक्रमले विद्यार्थीहरुमा बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्‍चित गर्ने, विद्यार्थीको रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्ने, उद्धमशीलताको विकास गरी बाल बालिकाको सुनौलो भविष्य सुनिश्‍चित गर्ने लगायतका उद्धेश्‍यहरु रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर ६, २०८१ बिहिवार - २२:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology