आँबुखैरेनी,५ मंसिर । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले विश्व बाल दिवसको अवसरमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विश्व बाल दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनी प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी लगायतका प्रहरी कर्मचारीहरु सक्रियतामा सो कार्यक्रम गरिएको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. ३ स्थित बाल शिक्षा सदन अङ्ग्रेजी बोर्डिङ स्कुल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभएको छ ।