आँबुखैरेनी, २६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हरिबोधनी एकादशीको पावन अवसरमा भोलि स्थानीय बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैंठकको निर्णय बमोजिम गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु (स्वास्थ्य संस्था बाहेक) सामुदायिक एवं निजी शैंक्षिक संस्था तथा अन्य संस्थाहरुमा भोलि कार्तिक २७ गते एक दिन स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
साथैै, भोलि हरिबोधनी ठूलो एकादशीको विशेष अवसरमा आँबुखैरेनी–१, स्थित आँधिमुल मन्दिरमा भव्य मेला लाग्ने र यस क्षेत्रका सम्पूर्ण श्रद्धालुभक्तजनहरुलाई उक्त मेला अवलोकनका लागि आँबुखैरेनी गाउँपालिकाले हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ ।