Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पर्वतमा बन्द भएका होमस्टेहरु खुल्न थाले

पर्वतमा बन्द भएका होमस्टेहरु खुल्न थाले

इच्छाकामना न्युज

३०, माघ २०७७
पर्वतमा बन्द भएका होमस्टेहरु खुल्न थाले

रोशन तिवारी, पर्वत, ३० माघ । कोरोना सङ्क्रमण फैलिने त्रासका कारण बन्द भएका होमस्टेहरु खुल्न थालेका छन् । पर्वत,  मोदी गाउँपालिकाको चित्रे, भुकदेउराली, देउराली लगाएतका स्थानमा रहेका होमस्टे १० महिना पछि सञ्चालनमा आएका हुन् । कोभिड १९ पछि बन्द भएको गण्डकी प्रदेशकै अग्रणी पर्वतको चित्रे स्थित सामुदायिक होमस्टेमा १० महिना पछि बल्ल पर्यटकको चहलपहल शुरु भएको छ । 
चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ । विस्तारै सङ्क्रमण कम भएपछि होमस्टे खुल्दा साबिककै तुलनामा पर्यटकहरु आउन थालेको होमस्टे सञ्चालक सुसीला गुरुङले बताउनुभयो । यहाँका होमस्टे विदेशी पाहुनाहरु नआए पनि आन्तरिक पाहुनाहरुले भरिभराउ हुन थालेका छन् । पाहुना आएपछि होमस्टेको आम्दानी सुचारु भएको छ भने गाउँको अर्गानिक कृषि उत्पादनको खपत बढेको होमस्टे सञ्चालक गंगाबहादुर गुरुङले बताउनुभयो । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् । 
जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरु चित्रेमा रमाउने गरेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले बताउनुभयो । कोरोना सङ्क्रमणको महामारीले बन्द भएका होमस्टे पुनः खुल्ला भएर आम्दानी लिन शुरु गरेपनि फेरि महामारी बढेर बन्द गर्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता भने कायमै छ । 

images

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - २०:०९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology