आँबुखैरेनी, २५ कार्तिक । प्रथम युनाईटेड खैरेनी बास्केटबल प्रतियोगिता –२०८१ को उपाधी लिटल फ्लाउरस चितवनले जितेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित रामशाह माविको बास्केटल बल कोर्टमा सम्पन्न फाईनल खेलमा वल्ड क्यापिटल वारियरर्स गोरखालाई ३५–७० अंकको पराकिलो अन्तरले हराउदै लिटल फ्लाउरस चितवनले प्रथम युनाईटेड खैरेनी बास्केटबल कपको उपाधि जितेको हो ।
उपाधि जिते सगैं लिटल फ्लाउरस चितवनले नगद रु. २० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता वल्ड क्यापिटल वारियरर्स गोरखाले नगद रु. १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
युनाईटेड खैरेनीको आयोजना तथा मस्र्याङ्गदी युथ क्लबको संयोजकत्वमा संचालित प्रतियोगितामा तनहुँ, लमजुङ्ग, चितवन र गोरखाका गरी ८ टिमको सहभागिता रहेको खेल संयोजक बिजय मगरले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता उपविजेता टिमलाई रामशाह माविका प्रिन्सिपल प्रेमराज लामिछाने, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति भगवान श्रेष्ठ, वडा नं. ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकामा कार्यरत आईटी अफिसर निरोज श्रेष्ठले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गनुभएको थियो ।