Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

MYC 'A' आँबुखैरेनीद्वारा प्रथम वडा अध्यक्ष फुटसल प्रतियोगिताको उपाधि कब्जा

MYC 'A' आँबुखैरेनीद्वारा प्रथम वडा अध्यक्ष फुटसल प्रतियोगिताको उपाधि कब्जा

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
MYC 'A' आँबुखैरेनीद्वारा प्रथम वडा अध्यक्ष फुटसल प्रतियोगिताको उपाधि कब्जा
images

आँबुखैरेनी, २५ कार्तिक । प्रथम वडा अध्यक्ष फुटसल प्रतियोगिता –२०८१ को उपाधी MYC 'A' आँबुखैरेनी तनहुँले जितेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी फुटसलमा सम्पन्न फाईनल खेलमा फुटसल फ्लेमस चितवनलाई ४–२ अन्तरले हराउदै MYC 'A' आँबुखैरेनीले प्रथम वडा अध्यक्ष फुटसल कपको उपाधि जितेको हो ।

उपाधि जिते सगैं MYC 'A' आँबुखैरेनीले नगद रु. ४० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता फुटसल फ्लेमस चितवनले नगद रु. २० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आँबुखैरेनी फुटसलको आयोजनामा संचालित प्रतियोगितामा तनहुँ, लमजुङ्ग, चितवन र गोरखाका गरी १८ टिमको सहभागिता रहेको खेल संयोजक प्रताप कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता, उपविजेता टिमलाई आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी, वडा सदस्य मनोज कुमार श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकामा कार्यरत आईटी अफिसर निरोज श्रेष्ठ, खेल संयोजक प्रताप कार्कीले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गनुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १८:०७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology