Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने– नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा छ

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने– नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा छ

इच्छाकामना न्युज

२२, कार्तिक २०८१
ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भने– नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा छ
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।

images
images
प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् । आफ्नी प्रमुख प्रतिस्पर्धी कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प बुधबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
 

images
प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १०:३५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology