Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको छिम्केश्वरी पार्क आन्तरिक पर्यटकको केन्द्रबिन्दु बन्दै

आँबुखैरेनीको छिम्केश्वरी पार्क आन्तरिक पर्यटकको केन्द्रबिन्दु बन्दै

इच्छाकामना न्युज

१६, कार्तिक २०८१
आँबुखैरेनीको छिम्केश्वरी पार्क आन्तरिक पर्यटकको केन्द्रबिन्दु बन्दै
images
आँबुखैरेनी, १६ कार्तिक । प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी मन्दिर परिसरमा आकर्षण किसिमको पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु.२० लाख आर्थिक सहयोगमा पर्यटन प्रबद्र्धनार्थ आकर्षण किसिमको छिम्केश्वरी पार्क निर्माण गरिएको हो ।465168487_1602367267299734_1001510878779111421_n.jpg
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी क्षेत्र समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छ ।
गण्डकी प्रदेश सरकारले दुई आर्थिक बर्षमा रु.१०/१० लाख बजेट विनियोजन गरेपछि निर्माण गरिएको हो ।
पार्कमा ढुङ्गा बिच्छाएर आकर्षण किसिमले बनाइएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने भक्तजनलाई बस्न र मनोरञ्जन दृश्यवलोकन हेर्न सहज भएको छ । पार्कमा नेपालको ठूलो झण्डा समेत राखिएको छ ।
छिम्केश्वरी माईको दर्शन एवं भाकलका साथै उक्त स्थानबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने वडाध्यक्ष गुरुङले बताउनुभयो ।465105912_1602367377299723_6173980870424757827_n.jpg
जिल्लाकै सर्वोच्च उचाईमा रहेको यस मन्दिरमा पुग्ने जो कोही पर्यटनहरु मनोरम प्राकृतिक दृश्यले आर्कषण हुने गर्दछन् । छिम्केश्वरी मन्दिर जीर्ण बन्दै गएकाले हालै प्यागोडाशैलीमा पुन ः निर्माण गरेपछि यस क्षेत्रको मुहार फेरिएको छ ।
पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनीदेखि लाब्दीसम्मको करिब १८ किमी दूरीको यात्रापछि उक्त मन्दिरमा पुग्न सकिन्छ ।
उक्त दूरीमध्ये नौ किमी कालोपत्रे छ भने अन्य सडक ग्रावेल रहेको छ । ग्रावेल सडक पश्चात ७५० मीटर रेलिङ्ग निर्माण गरिएकाले पैदल हिड्नुपर्ने हुन्छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रबद्र्धन गर्न मन्दिर पुननिर्माण गरी संरक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले करिब रु.पैतालिस लाख बजेट बिनियोजन गरेको थियो ।
उक्त मन्दिरको छाना,मुकुट,नागोल,झलर र गजुरमा गरी कूल ४२५ किलोग्राम पित्तल प्रयोग गरी आर्कषण किसिमको बनाइएको गाउँपालिकाका इन्जिनियर पंकज मगरले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - १२:३३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology