Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जाइफल हालिएको दूध, यस्ता रोगका लागि हुन्छ सञ्जीवनी बुटी

जाइफल हालिएको दूध, यस्ता रोगका लागि हुन्छ सञ्जीवनी बुटी

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
जाइफल हालिएको दूध, यस्ता रोगका लागि हुन्छ सञ्जीवनी बुटी

दूध निकै पोसिलो पेयपदार्थ हो । यसको सेवन स्वास्थ्यका लागी निकै लाभदायक छ । अझ योसँगै दुमा केही अन्य चिजहरू मिसाएर सेवन गर्दा थप स्वास्थ्यलाभहरु मिल्छ ।

images

नेपाली भान्सामा धेरै खालका मसला र जडीबुटीहरू प्रयोग हुन्छ । यी मसला र जडीबुटीले खानालाई स्वादिष्ट त बनाउँछ नै यी हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छन् । तीनै मध्ये एक हो जाइफल । 

गुणकै कारण आयुर्वेदमा जाइफलको ठुलो स्थान छ । जाइफलका फाइदाहरू अचम्मका छन् । जाइफललाई दूधसँग खाँदा विभिन्न स्वास्थ्य लाभ मिल्छ ।

यसमा पाइने पौष्टिक तत्त्वले धेरै रोगबाट छुटकारा दिनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । जाइफलको विभिन्न स्वास्थ्य लाभहरू छन् । अझ दूधमा मिसाएर सेवन गर्दा यसको लाभ झनै धेरै हुन्छ । अब कुरा गरौँ जाइफल हालिएका दूध पिउँदाका फाइदाहरुः

अनिद्रामा उपयोगी

जाइफलमा स्नायु प्रणालीलाई शान्त पार्ने प्राकृतिक गुण छ । राति सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउने हो भने यसले शरीरलाई आराम दिन्छ र राम्रो निद्रा निदाउन मद्दत गर्छ । यो घरेलु उपाय निद्राको कमीबाट पीडित व्यक्तिहरूको लागि धेरै लाभदायक साबित हुन सक्छ ।

पाचन सुधार

जाइफलमा पाचन सुधार गर्ने गुण पनि पाइन्छ । यसको सेवनले अपच, ग्यास र पेट दुख्ने लगायत पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । दूधमा जाइफल मिसाएर पिउनाले पाचन प्रणाली राम्रो हुन्छ र कब्जियतको समस्याबाट पनि राहत मिल्छ । 

चिसो लागेको र खोकीको समस्याबाट राहत

चिसो लागेको र खोकी लागेकाहरूलाई पनि जाइफल हालेको दूध लाभदायक हुन्छ । जाइफलमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले श्वासप्रश्वास प्रणालीलाई सफा राख्न मद्दत गर्छ । यसले कफ कम गर्न र घाँटीको दुखाइबाट पनि राहत दिन्छ । 

तनाव र चिन्ता घटाउँछ

जाइफलमा माइरिस्टिसिन नामक तत्व हुन्छ, जसले मानसिक स्वास्थ्य सुधार्न मद्दत गर्छ । यसलाई दूधसँग मिसाएर सेवन गर्नाले तनाव र चिन्ता कम हुन्छ । यसले स्नायु प्रणालीलाई शान्त पार्छ र मुड पनि सुधार्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

जाइफल मिसाएको दूध पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ र सङ्क्रमणसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ ।

टाउको दुखाइ र माइग्रेनमा लाभदायक

तपाईँलाई टाउको दुख्ने वा माइग्रेनको समस्या छ भने जाइफल हालेको दूधले राहत दिन्छ । जाइफलमा पाइने सक्रिय तत्त्वहरूले दुखाइ कम गर्न र मांसपेशीहरूलाई आराम दिन मद्दत गर्दछ ।

छालाको लागि पनि लाभदायक

जाइफलको सेवनले आन्तरिक स्वास्थ्यमा त सुधार गर्छ नै छालालाई पनि फाइदा गर्छ । यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले छालासँग सम्बन्धित समस्याहरू हटाउन मद्दत गर्दछ । दूधमा जाइफल मिसाएर नियमित सेवन गर्नाले छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०९:०९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology