Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी क्याम्पसको २४ कोठे नवनिर्मित भवनको एक भव्य समारोहकाबिच समुदघाटन (फोटो फिचर)

आँबुखैरेनी क्याम्पसको २४ कोठे नवनिर्मित भवनको एक भव्य समारोहकाबिच समुदघाटन (फोटो फिचर)

images

इच्छाकामना न्युज

९, कार्तिक २०८१
आँबुखैरेनी क्याम्पसको २४ कोठे नवनिर्मित भवनको एक भव्य समारोहकाबिच समुदघाटन (फोटो फिचर)
images
 
आँबुखैरेनी, ९ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका-३, स्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवनको बिहीबार एक भव्य समारोहकाबिच समुदघाटन गरिएको छ । भवन निर्माण सम्पन्न भएको ९ बर्ष पछि आँबुखैरेनी क्याम्पस भवनको भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा संयुक्त रुपमा समुउदघाटन गरिएको क्याम्पस जनाएको छ ।
464575194_1596374277899033_9152788188559993443_n.jpg464479996_1596373887899072_5991364990554378941_n.jpg
शिवालय मन्दिर परिसर नजिकै रामशाह माविले उपलब्ध गराएको करिब १० रोपनी जग्गामा भारतीय राजदुतावासको अनुदान सहयोग रकम २ करोड ९३ लाखको लागतमा निर्माण सम्पन्न गरिएको २४ कोठे भवनको भव्य र सभ्य तरिकाले समुदघाटन गरिएको क्याम्पस प्रमुख बाबुराम देवकोटाले जानकारी दिनुभयो ।
464454846_1596374361232358_3155633878697290215_n.jpg
आँबुखैरेनी क्याम्पसको २४ कोठे भवनको बि.स.२०६९ साल फागुनमा शिलान्यास गरि बि.स.२०७१ सालमा भवन निर्माण कार्य सम्पन्न भएपछि बि.स.२०७२ साल देखि नवनिर्मित भवनबाट पठनपाठन संचालन गरेको क्याम्पस प्रमुख देवकोटाले बताउनुभयो ।
 
464444338_1596375717898889_5412419795783990704_n.jpg
स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, व्यवसायीहरुको सक्रियतामा स्थापित आँबुखैरेनी क्याम्पसले बि.स.२०६३ सालमा त्रिभुवन विश्वबिधालयबाट स्नातक तह तर्फ शिक्षाशास्त्र संकाय र बि.स.२०६४ सालमा स्नातक तह तर्फ व्यवस्थापन संकायको सम्बधन प्राप्त गरि रामशाह माविको भवनबाट आँबुखैरेनी क्याम्पसले पठनपाठन सुचारु गरेको थियो ।
464327136_1596376024565525_28732082837982669_n.jpg
464602541_1596376081232186_2859173242185041554_n.jpg464494050_1596375794565548_4278235833645665694_n.jpg464326843_1596375594565568_7764678582299449147_n.jpgआँबुखैरेनी क्याम्पस संचालक समितिका अध्यक्ष ऋषि के.सीको सभापतित्वमा सम्पन्न क्याम्पसको नवनिर्मित भवनको समुदघाटन समारोहमा भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान,आँबुखैरेनी गाउँपालिकाका निवर्तमान अध्यक्ष गिर बहादुर थापा, क्याम्पस संचालक समितिका अध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख ऋषि के.सी,क्याम्पस प्रमुख बाबुराम देवकोटा, क्याम्पस संचालक समितिका उपाध्यक्ष अनिल श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।
464450575_1596374737898987_7071795199842697064_n.jpg464602961_1596374781232316_1965519674745563107_n.jpg464434951_1596374827898978_9222345134757884021_n.jpg464391393_1596375417898919_5617467767058376953_n.jpg464480029_1596375367898924_7567761107712623138_n.jpg464415792_1596374917898969_9144713499208931505_n.jpg464411535_1596374884565639_2484889974830360005_n.jpg464522137_1596375544565573_1856088832544016644_n.jpg464636316_1596375034565624_1603887834792731381_n.jpg464582944_1596375131232281_4427610116124613768_n.jpg464422341_1596376681232126_4110786631399559349_n.jpg
कार्यक्रममा क्याम्पसलाई स्थापना देखि हालको अवस्था सम्म ल्याई पुर्याउन महत्त्वपूर्ण योगदान दिनुहुने स्थानीय बुद्धिजीवी स्वर्गीय लक्ष्मण बाबू श्रेष्ठलाई उच्च सम्मान प्रकट गर्दै स्मरण गरिएको थियो । आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवनको समुदघाटन समारोहको संचालन क्याम्पसका शिक्षक दिपेश भण्डारीले गर्नुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १०:४८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology