Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको बुट्टार स्थित त्रिशुली किनारमा प्रथम गण्डकी महोत्सव सुरु, गण्डकीका सभामुख धितालद्वारा उद्घाटन

गोरखाको बुट्टार स्थित त्रिशुली किनारमा प्रथम गण्डकी महोत्सव सुरु, गण्डकीका सभामुख धितालद्वारा उद्घाटन

इच्छाकामना न्युज

९, कार्तिक २०८१
गोरखाको बुट्टार स्थित त्रिशुली किनारमा प्रथम गण्डकी महोत्सव सुरु, गण्डकीका सभामुख धितालद्वारा उद्घाटन
images

बुटार । गोरखाको बुटार स्थित त्रिशूली नदी किनारमा  प्रथम गण्डकी महोत्सव सुरु भएको छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा  बिहिबारदेखि  महोत्सव सुरु भएको हो । 

images
images

महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटनगर्नुहुदैँ  सभामुख धितालले मेला महोत्सवलाई पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम बनाउनुपर्ने बताउनुभयो । पुराना संस्कृतिहरु लोप हुदैँ गएकाले  मेला महोत्सवलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने माध्यम पनि बनाउनुपर्ने  बताउनुभएको हो ।  

‘हाम्रा सास्कृतिहरु लोप हुदैँ गएकाले पुराना पुस्ताले प्राप्त गरेका ज्ञान सिपलाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ ।’ सभामुख धितालले भन्नुभयो– ‘यस्ता मेला महोत्सवमार्फत नयाँ पुस्ता माझ पु¥याउने अवसर हुनसक्छ, त्यसैले मेला महोत्सवलाई संस्कृति नयाँ पुस्तामा पु¥याउने माध्यम बनाउनुपर्छ ।’

साथै उहाँले मेला महोत्सवले  स्थानीय उत्पादनलाई  बजार सम्म लैजान सहयोग पुग्ने  र  आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि   एउटा आधारको रुपमा विकास  हुने बताउनुभयो ।  साथै उहाँले यस क्षेत्रको विकास  लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकासँग समन्वय र छलफल गरि आवश्यक बजेटको व्यवस्था गरिने उहाँको भनाई छ । 

कार्यक्रममा वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवालले मेला महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउनुपर्ने बताउनुभयो ।  मेला महोत्सवमा स्थानीयको पैसा  निश्चित व्यापारीहरुले लिएर जाने अवस्थाको  अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।  स्थानीय उत्पादनलाई बजारीकरण गर्न यो महोत्सव सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिका अध्यक्ष सिताराम विश्वकर्माले बताउनुभयो । महोत्सव गर्ने तयारी भइरहेकै बेला  बाढी पहिरोले तहसनहस गरेपछि अन्यौलमा रहे पनि स्थानीयहरुको माग अनुसार महोत्सव तोकिएकै समया आयोजना गरिएको उहाँले  बताउनुभयो । महोत्सवलाई थप व्यवस्थित बनाइने बताउनुभयो । 

१७ गते सम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरुको प्रतियोगिता,लाखे नाँच प्रतियोगिता,पञ्चेबाजा,चुड्का नाँच प्रतियोगिता, सिप मुलक शिक्षाको विषयमा वक्तृत्वकला, गण्डकी डान्स आइडल,भलिबल  लगायतक प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ।  साथै  प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुती समेत रहने छ । 

समुद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना, बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत मन्तव्य राख्नुभएको थियो । महोत्सवको संरक्षक  गण्डकी गाउँपालिका रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०४:४९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology