Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी–२० आई सिरिज : अमेरिका विरुद्ध नेपालको क्लिन स्विप

टी–२० आई सिरिज : अमेरिका विरुद्ध नेपालको क्लिन स्विप

images

इच्छाकामना न्युज

५, कार्तिक २०८१
टी–२० आई सिरिज : अमेरिका विरुद्ध नेपालको क्लिन स्विप
images

काठमाण्डौ । नेपालले अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा  क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ।  सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। 

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो। 

घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए। मिलिन्द कुमारले ४३ रनको योगदान गरे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। ​

एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले १६ दशमलव ४ ओभरमा  २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका लागि आशिफ शेखले अर्थशतक पूरा गरे। शेखले ३८ बल ५० रन पुरा गरेका हुन्। अनिल शाह १३ रन बनाएर आउट भए। कुशल भुर्तेल ४० रनमा नटआउट हुँदा  कुशल मल्ल ४४ रन बनाएर क्रिजमा रहे। 

दोस्रो खेलमा  भुर्तेलले ९२ रन बनाएका थिए। उनले सात महिना पछि टी–ट्वेन्टी क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन्।  नेपालले ६ महिनापछि लगातार तीन खेलमा जित दर्ता गरेको छ। पछिल्लो समय खराब फर्मबाट गुज्रिएको भए पनि यो सिरिजले नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ।

कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग(टू सिरिज खेल्ने तालिका छ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ०९:२०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology