Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

शक्तिपीठमा एक हजार राँगा बोकाको बलि

शक्तिपीठमा एक हजार राँगा बोकाको बलि

images

पत्रपत्रिका

३०, आश्विन २०८१
शक्तिपीठमा एक हजार राँगा बोकाको बलि
images

गोकर्ण दयाल, बैतडी । शक्तिस्वरूपाका रूपमा विजयादशमीमा विशेष पूजा लाग्ने देवी भगवती र उदयदेव मन्दिरमा एक हजार राँगा तथा बोकाको बलि दिइएको छ । घटस्थापनादेखि नवमीसम्म यहाँका विभिन्न शक्तिपीठमा ५७८ राँगा र ४८६ बोका गरि एक हजार ६४ पशुको बलि चढाइएको छ । सात भगवती बहिनीमध्ये एक शक्तिस्वरूपा मानिने निङ्लासैनी भगवती मन्दिरमा सबैभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ । यहाँ ३१७ राँगा र १९५ बोकाको बलि दिइएको छ । सबभन्दा कम बलि त्रिपुरासुन्दरी भगवतीमा दिइएको छ । यहाँ सात राँगा र ४० बोकाको बलि दिइएको मन्दिरका मुखिया हिम्मत चन्दले जानकारी दिनुभयो । 

त्यसै गरी मेलौली भगवतीमा एक सय राँगा र १२० बोका, फालङासैनीमा १४ राँगा र सात बोका, डिलासैनी गाउँपालिका–५, स्थित कफलासैनीमा ३० राँगा र ३५ बोका, पाटन उदयदेवमा ४१ राँगाको बलि दिइएको छ । जिल्लाकै अर्को प्रसिद्ध शिवनाथ गाउँपालिकास्थित कफाडी उदयदेव मन्दिरमा ६८ राँगा र १११ बोकाको बलि दिइएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केव चन्दले बताउनुभयो । 

सुदूरपश्चिममा सोह्र भगवती 

सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मष्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ । मष्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ । 

त्रिपुरासुन्दरी (रणसैनी) भगवती 

बैतडी सदरमुकाम गोठालापानीनजिकै रहेको त्रिपुरासुन्दरी बैतडीको प्रसिद्ध धार्मिक स्थल हो । बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडकखण्डमा रहेको यो मन्दिरलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एक रण्या जौ (४० माना) मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती छ । यो मन्दिरमा प्रत्येक औँसी, पूर्णिमा, सङ्व्रmान्ति एवं चार वटा नवरात्रिमा विशेष मेला लाग्ने पुजारी पण्डित विष्णुदत्त लेखक बताउनुहुन्छ । दसैँको बेला यहाँ राँगा र बोकाको बलिसहित ठुलो मेला लाग्छ । मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड राज्यका कुमाउ–गढवालका १३ जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् । 

पुराताŒिवक महŒवको डिलासैनी 

पुर्चौडी नगरपालिका–१०, तल्लादेही र मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरलाई यहाँको प्रसिद्ध मन्दिर मानिन्छ । डिलासैनी भगवती स्थानीय बोहोरा जातिले प्राप्त गरेको लोकोक्ति छ । यो मन्दिर साके संवत् १२०३ मा बनेको शिलालेखमा उल्लेख छ । पुराताŒिवक दृष्टिले डिलासैनीमा रहेका देवलहरूको विशेष महìव छ । यी देवलहरू पाण्डव, आद्य शङ्कराचार्य र तत्कालीन समयका राजारजौटाले निर्माण गरेको किंवदन्ती र इतिहास पाइन्छ । यस प्रकारका देवलहरू कुमाउदेखि कर्णालीसम्म पाइन्छ । यी देवल कुनै प्रकारको काठ, फलाम, बालुवा गिट्टी प्रयोग नगरी विशेष प्रकारको ढुङ्गा काटेर (कटुवा ढुङ्गा) निर्माण गरिएका छन् । 

निङ्लासैनीमा लावड जातिको राँगा पहिलो 

दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा निङ्लासैनी भगवती अवस्थित छ । किंवदन्ती अनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङ्लासैनी नाम रहेको किंवदन्ती छ । यही कारण अष्टमीका दिन बलि दिने राँगामध्ये सबैभन्दा पहिले लावड जातिको राँगा बाँध्ने चलन कायम छ । यो मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । मन्दिरमा बैतडीलगायत दार्चुला, डडेलधुरा, बझाङ, भारतको पिथौरागढलगायतका क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् । 

मेलौलीमा काम्छन् सयौँ धामी 

मेलौली भगवतीको मन्दिर पनि उत्तिकै प्रसिद्ध मानिन्छ । पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको मन्दिरसम्म पुग्न सहज भएपछि भक्तजनलाई सजिलो भएको छ । यहाँ नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजागाजासहित श्वेत फेटा र बागो लगाई सुनचाँदीका गहनामा सुशोभित हातमा चमर लिएर मेलौली र उदयदेवका धामीले सयौँ व्यक्तिले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् । 

कफलासैनी सुर्नया तरे हुँदैन बलि 

कफलासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिका–५, रौलेश्वरमा छ । यी भवानीलाई माडौँ पनि भनिन्छ । सुर्नया नदीको किनारमा रहेको मन्दिरमा बलि दिन ल्याइएका राँगा भागेर सुर्नयापारि गयो भने समातेर पुनः बलि दिन उपयुक्त मानिदैन । सुर्नयापारि बैतडीको प्रसिद्ध सिगासधाम भएकाले नदीपारि पुगेको राँगालाई ल्याएर पुनः बलि दिन हुन्न भन्ने धार्मिक मान्यता छ । 

कपडाको पोकोमा प्राप्त पोटलासैनी 

पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोकोभित्र प्राप्त भएकाले पोटलासैनी नाम रहन गएको मानिन्छ । पोटलासैनी भगवतीलाई पञ्चेश्वर गाउँपालिकास्थित रोडीगाउँका भण्डारी जातिले कुलदेवीका रूपमा पूजा गर्ने गरेका छन् । 

पूजा नहुने भगवती बिजासैनी 

बिजासैनीको कहिल्यै पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रूपमा रहेकी छन् । बिजासैनीको पूजा नहुने भएकाले बैतडीमा कहीँ कतै पनि बिजासैनीको मन्दिर निर्माण भएको छैन् ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०८:०७:४९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology