Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नेपालगंजमा बिद्यालयबाट फर्केकी छात्रालाई चक्कु देखाएर होटलमा लगि बलात्कार प्रयास

नेपालगंजमा बिद्यालयबाट फर्केकी छात्रालाई चक्कु देखाएर होटलमा लगि बलात्कार प्रयास

images

इच्छाकामना न्युज

२८, माघ २०७७
नेपालगंजमा बिद्यालयबाट फर्केकी छात्रालाई चक्कु देखाएर होटलमा लगि बलात्कार प्रयास
images

नेपालगन्ज, २८ माघ । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् ।

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ। ‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने ।

उनका अनुसार मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ। घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा मर्‍यो भनेर केटा भागेको छ।

घटना माघ १६ गतेको हो । तीन दिनअघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ११:२०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology