Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाण्डौँको आमसभामा सर्लाहीबाट १० हजार जना प्रस्थान

काठमाण्डौँको आमसभामा सर्लाहीबाट १० हजार जना प्रस्थान

काठमाण्डौँको आमसभामा सर्लाहीबाट १० हजार जना प्रस्थान
images

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज काठमाडौंमा हुने आमसभाका लागि सर्लाहीबाट १० हजार जना नेताकार्यकर्ता काठमाडौं प्रस्थान गरेका छन् । बुधबार काठमाडौंमा हुने आमसभामा सहभागि हुन सर्लाहीबाट कबिर १० हजारको हाराहारीमा नेता तथा कार्यकर्ताहरु (मंगलबार) साँझ देखि बुधबार बिहान सम्ममा विभिन्न सबारीसाधनको प्रयोग गरि काठमाण्डौँ प्रस्थान गरेका नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारीदिनु भयो ।

images
images

१ सय २० वटा बस, ३० वटा विंगर, ५० वटा टाटासुमो, स्कर्पीओ र ३ सय वटा मोटरसाईकलमा नेता कार्यकर्ता काठमाडौं प्रथान गरेका ह्ुन । जिल्ला स्थित सबै स्थानिय निकायबाट नेकपाका नेता कार्यकर्ता एवम शुभेच्छुक, उद्योगि व्यापारीबाट प्राप्त सहयोगबाट काठमाडौं जाने यातायात र काठमाडौंमा खान एवम बस्न व्यबस्था गरिएको नेकपा सर्लाहीका अध्यक्ष पन्तले जानकारी दिनु भयो । कार्यक्रमका लागि नेकपाका नेता कार्यकर्ता एवम शुभेच्छुक, उद्योगि व्यापारीहरुले रु २ सय देखि ५ हजार सम्म आफुखुसी सहयोग गरेका नेकपा सर्लाहीले जनाएको छ ।

सर्लाही जिल्लाबाट काठमाडौं जानेहरुलाई खाने र बस्ने व्यबस्था भने मध्यबानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेस र अनमोल पार्टी प्यालेसमा गरिएको नेकपा सर्लाहीले जनाएको छ । बुधबार बिहान चिया र खाना खाएपछि आमसभामा सहभागी हुने सबै नेता कार्यकर्तालाई राती पनि खाना खुवाएर गएकै सबारी साधनमा आ–आफ्नो गन्तव्य तर्फ फर्काईने छ । काठमाडौंमा खाने र बस्ने व्यबस्थापनका लागि नेकपा सर्लाही–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहाल लगायत खटिएका छन् । सम्पर्क मञ्चका अध्यक्ष दाहालले करिब ८ हजारको हारहारीका लागि खाना अर्डर गरिसकिएको र थपघट भए सोही अनुसार तयारी गरिने जानकारी दिनु भयो ।

मंगलबार दिउँसोबाट हरेक स्थानिय निकायकाबाट कार्यकर्ता ओसार्ने बस लगायत सबारीसाधनहर निस्केका र बुधबार बिहान पनि केही सवारीसाधनहरु निस्केको नेकपा सर्लाहीका अध्यक्ष पन्तले बताउनु भयो ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:१८:४३ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology