कुरिनटार । कुरिनटारमा संचालित इच्छाकामना एफ. एम. १०२.४ मेगाहर्जका स्टेशन प्रमुख दानबहादुर गुरूङ सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को बागमती प्रदेश कमिटीको कोषाध्यक्षमा निर्वार्चित भएका छन्।
काठमाडौँमा सम्पन्न अधिवेशनबाट प्रदेश कमिटीको कोषाध्यक्षमा गुरूङ सर्वसम्मतरूपमा निर्वाचित भएका हुन्।
विगत १५ वर्षदेखि चितवनको सञ्चार क्षेत्रमा क्रियाशील गुरूङ प्रेस सेन्टर गोरखाको जिल्लाको अध्यक्ष हुन् भने तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सदस्य सदस्य छन्।