वर्ल्याङ । चितवनको इच्छाकामना गाउँपालिकाको वडावडामा नेकपा एमाले इच्छाकामनाले वडा अधिवेशनलाई तिब्रता दिएको छ । सोही क्रममा आज वडा नं. २ को दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले शेर बहादुर चेपाङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ वडाकमिटि चयन गरेको छ । नवनिर्वाचित वडा कमिटिको उपाध्यक्षमा खुश बहादुर गुरुङ, सचिवमा टिका गुरुङ र उपसचिवमा कर्ण बहादुर चेपाङ र सानुमाया गुरुङ रहेका छन् ।

अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, चितवन जिल्ला समन्वयन समिति प्रमुख नारायण अधिकारी, नेताहरु दानबहादुर गुरुङ, माया सिलवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
